www.tandavnews.com
Fact ~ In search of truth
Mulberry

सरकारको आग्रह : ‘यसपाली दशैंमा गाउँ नजानुस’

hima aus

काठमाडौं ।

सरकारले यसपाली दशैंमा काठमाडौंबाट गाउँ नजान आग्रह गरेको छ । कोरोनाको जोखिम र अत्यधिक संक्रमण बढेको भन्दै काठमाडौंमा बसिरहेकाहरुलाई गाउँ नजान सरकारले आग्रह गरेको हो ।

असोज १७ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै परराष्ट्र मन्त्री एवं सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले गाउँ जाने फर्किने गर्दा संक्रमण दुबैतर्फ फैलनसक्ने भन्दै काठमाडौंबाट गाउँ नजान आग्रह गरेका हुन् ।

classic tech

अरु जिल्लामा संक्रमण कम हुदैँ गइरहेको बताउँदै भन्दै मन्त्री ज्ञवालीले भने, ‘अन्य जिल्लामा कोभिड–१९ क्रमशः नियन्त्रणमा आइरहेको छ । तर काठमाडौं उपत्यका अझै उच्च जोखिममा छ । देशभरिमा थपिने संक्रमितमध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकाकै हुन्छन् । यस्तो बेलामा दैनिक गतिविधि गर्दा विशेष सावधानी अपनाउन सरकारको आग्रह छ ।’

६० वर्षभन्दा बढी उमेरका मानिस कोरोना संक्रमणबाट बढी जोखिममा रहेकाले आफ्ना अभिभावकलाई जोखिममा नपार्न उनको सल्लाह छ ।कोरोना कहरका बेला काठमाडौंका मात्र नभई हरेक जिल्लाका स्थानीय आफ्नै ठाउँमा रहेर दशैं मनाए संक्रमण फैलन सक्ने जोखिम कम रहने बताईएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...