www.tandavnews.com
Fact ~ In search of truth

चिकित्सक भन्छन् :‘डा. के.सी लाई कतिबेला के हुन्छ भन्नै नसक्ने अवस्था छ’

काठमाडौं ।

अनशनरत प्रा.डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । डा. केसीको ब्लड प्रेसर घटेर ७०–५० पुगेको उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिएका छन् ।

चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै डा. के.सी २४ दिनदेखि अनशनरत रहेका छन् । डा. के.सी को उपचारमा संलग्न डाक्टरको अनुसार केसीको मुटुको चालमा गम्भीर समस्या देखिएकाले उनलाई कतिबेला के हुन्छ भनेर भन्नै नसक्ने अवस्था रहेको छ । स्वास्थ्य गम्भीर बन्दा पनि डा। केसीले उपचार लिन मानेका छैनन् ।

भदौ २९ गते जुम्लाबाट अनशन सुरु गरेका केसीलाई असोज ५ गते नेपालगञ्ज ल्याइएको थियो। नेपालगञ्जबाट हेलिकप्टरमा असोज ६ गते काठमाडौं ल्याइएपछि उनी त्रिवि शिक्षण अस्पतालमा अनशनरत छन्।

केसीको जीवनरक्षाको माग गर्दै आवासीय चिकित्सकले मंगलबारदेखि ओपीडी सेवा बहिष्कार गरेर आन्दोलन गरिरहेका छन् ।

चिकित्सा शिक्षा सुधारको मागसहित अनशनमा बसेका डा। केसीको जीवन रक्षाको माग गर्दै त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आवासीय चिकित्सकले ओपीडी सेवा बहिष्कार गरेका हुन् ।

सरकारले कोरोना भाइरसको समयमा अनशन अन्त्य गर्न अनुरोध गरेको छ । डा. केसीले भने औपचारिक वार्ता टोली गठन गरेर सरकारले मागको सुनुवाइ गर्नुपर्ने अडान लिएका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.