www.tandavnews.com
Fact ~ In search of truth

नेपालमा सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो

बुधबार संक्रमणबाट १५ जनाको मृत्यु

पोखरा ।

नेपालमा सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ । गएको २४ घण्टामा तीन हजार चार सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या २५ हजार सात पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बुधबार १४ हजार दुई सय नौ जनाको पीसीआर परीक्षण गरेकोमा ३४ सय ३९ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका छन् । यो संख्या दैनिक विवरणमा अहिलेसम्मकै धेरै हो ।

Batas

हालसम्म संक्रमितको संख्या ९४ हजार दुई सय ५३ पुगेको छ भने कुल कोरोना संक्रमित मध्ये ६८ हजार ६ सय ६८ जना निको भएका छन् ।यस्तै बुधबार संक्रमणबाट १५ जनाको ज्यान गएको छ । यो सँगै ज्यान गुमाउनेको संख्या पाँच सय ७८ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.