www.tandavnews.com
Fact ~ In search of truth

पिएनका आंशिक प्राध्यापकद्धारा क्याम्पसभित्रै थाल ठटाउँदैँ आन्दोलन

पोखरा,
ताण्डव न्यूज ।

पोखराको पृथ्वीनारायण क्याम्पसका आन्दोलित प्राध्यापकहरुले आज थाल ठट्याउँदैँ प्रर्दशन गरेका छन् ।

त्रिविभुवन विश्वविद्यालयले १४ वर्षदेखि शोषण गर्दै आईरहेको भन्दै पिएनका प्राध्यापकहरु आन्दोलनरत रहेका छन् । यसैक्रममा आफूहरूलाई शिक्षण सहायक त्रिवि करार पदमा परिणत गरिनुपर्ने माग गर्दै प्राध्यापकहरूले आज (बुधबार) थाल ठटाएर क्याम्पसभित्रै आन्दोलन गरेका हुन्।

Batas

गत सोमबारदेखि क्याम्पसको मूलगेटमा धर्नामा बस्दै आएका उनीहरूले आफ्ना मागका विषयमा क्याम्पस प्रशासन र त्रिभुवन विश्वविद्यालय गम्भीर नभएको भन्दै क्याम्पसको मूल गेटदेखि प्रशासनिक भवनसम्म थाल ठटाएर प्रदर्शन गरेका हुन्।

०७६ साल माघ २० गते आन्दोलनरत आंशिक प्राध्यापक र त्रिभुवन विश्वविद्यालयका प्रतिनिधि प्रा.डा. ओमप्रसाद बराल नेतृत्वमा रहेको प्रतिनिधिमण्डलसँग भएको सहमति अनुसारका कामहरू पूरा नगरिएको भन्दै आन्दोलनहरू चलिरहेको र त्यो अन्तर्गत बुधवार थाल ठटाउँदै प्रदर्शन गरिएको एक जना आंशिक प्राध्यापक विष्णु गौतमले बताए।

‘हामीले नयाँ माग केही पनि राखेका छैनौँ।पहिले भएको सहमति कार्यान्वयन गरियोस् भनेका छौँ। सहमतिलाई कार्यान्वयन गर्नमा बेवास्ता भएपछि हामीहरू चरणबद्ध आन्दोलनमा छौँ।’ उनले भने, ‘१४ वर्षदेखि आंशिक प्राध्यापकहरूमाथि आर्थिक, बौद्धिक तथा मानसिक रूपमा चरम शोषण भइरहेको छ। त्यही बेलादेखि पटक पटक आन्दोलनहरू हुँदै आएका छन्।’

आन्दोलनबाट पनि मागहरूको सुनुवाई नभएपछि आंशिक प्राध्यापक सङ्घ, पृथ्वीनारायण इकाई समितिमा आबद्ध प्राध्यापकहरूले गत सोमबारदेखि क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखलाई क्याम्पसमा छिर्न दिएका छैनन्।

मूलगेटमा धर्नामा बसिरहेका उनीहरूले प्रमुख र सहायक प्रमुखलाई पूर्व सहमति कार्यान्वयन गरेर आफ्ना मागको सम्बोधन नभएसम्म भित्र छिर्न नदिने समितिका अध्यक्ष सुनिल गौतमले बताए।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.