www.tandavnews.com
Fact ~ In search of truth

गएराती देखि खुल्यो डीभी

काठमाण्डौ ।

सन् २०२२ को डाइभर्सिटी भिसा डिभीका लागि आज रातिदेखि फारम खुलेको छ ।

नेपाली समयअनुसार हिजो राति पौने १० बजेदेखि फारम भर्न सकिने गरि डि भि खुलेको नेपालमा रहेको अमेरिकी दूतावासले जानकारी दिएको छ । यसको समयसीमा २०७७ कार्तिक २५ (नोभेम्बर १०) सम्म तोकिएको छ ।

Batas

डीभीको आवेदन खुले पछि निःशुल्क आफैले भर्न सकिन्छ । आवेदनका लागि आवश्यक सम्पूर्ण जानकारी दूतावासको वेबसाइटमा गएर हेर्न सकिने छ । फाराम भर्नका लागि आधिकारिक वेबसाइट http://www.dvlottery.state.gov मा गएर निर्देशनअनुसार प्रक्रिया पूरा गर्नुपर्नेछ ।

दूतावासले डीभी आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिनसमेत आग्रह गरेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.