www.tandavnews.com
Fact ~ In search of truth

दशैँ आयो : ‘ओभर्ट र कोभर्ट’ रुपमा परिचालन हुनेछन् कास्कीका प्रहरी, ७ सय बढी ‘अन ड्यूटी’

अर्जुन गाहा (सुशान्त)
पोखरा, ताण्डव न्यूज ।

जिल्ला प्रहरी कार्यालय कास्कीले कोभिड– १९ को महामारी तथा वडा दशैं लक्षित सुरक्षा योजना अघि सारेको छ । शान्ति सुरक्षा तथा अमनचैन कायम गर्दै पर्वको समयमा संभावित आपराधिक क्रियाकलापलाई रोक्ने उद्देश्य सहित विशेष सुरक्षा योजना अघि ल्याएको कास्की प्रहरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक सुवास हमालले बुधबार पत्रकार सम्मेलम मार्फत जानकारी दिए ।

डिएसपी हमालले वडा दशैं लक्षित विशेष सुरक्षाका लागि १५ प्रकारका ड्युटीमा कास्की जिल्ला भर कुल ७ सय ३५ प्रहरी खटिने बताए । ‘कास्कीमा ९ सय १५ भन्दा बढि प्रहरीको सँख्या छ, उनले भने, ‘तर हामीले कार्यलय सञ्चालन र अन्य ड्युटी का कटाएर विशेष सुरक्षा योजनामा परिचान गर्नेछौँ ।’

Batas

कास्की प्रहरीले धार्मिक स्थलहरुमा हुने जमघट र अपराध घट्न सक्ने सम्भावित हटस्पटहरु विशेष टोली परिचालन गर्नेछ । ‘इन्टेलिजेन्स लेड पोलिसिङ’को अवधारण अनुसार ‘ओभर्ट र कभर्ट’ रुपमा प्रहरी परिचालन गरिने पनि प्रहरीले जनाएको छ ।

‘इन्टेलिजेन्स लेड पोलिसिङ’ को ‘ओभर्ट र कोभर्ट’ भन्नाले खुल्ला र जासुसी रुपमा रेकी वा जानकारी लिई जोखिम न्यूनिकरण वा निर्मुल पार्नु हो । कास्की प्रहरीले यसको लागि विशेष टोली नै बनाएर कार्यान्वयनमा ल्याउने जनाएको छ ।

१५ प्रकारका ड्युटीमा कुन कार्यालयबाट कति प्रहरी खट्नेछन ?

कमाण्ड पोष्ट ड्युटीका लागि जिल्ला प्रहरी कार्यालय कास्कीबाट ७ जना प्रहरी खटिने डिएसपी हमालले बताए ।

उनका अनुसार सी.आर.भि ड्युटीका लागि सी.आर.भि ९ वटा कार्यालयबाट १ सय ११, १७ स्थानमा पिकेट ड्युटीका लागि जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका ५१, ग्रामिण गस्तीका लागि ईलाका प्रहरी कार्यालयबाट ५५ जना, राजमार्गका कार्यालयबाट राजमार्ग गस्तीका लागि (६ स्थानमा) ३८ जना, मोवाईल गस्तीका लागि जिल्ला प्रहरी कार्यालय र मातहतका (६ स्थानमा) ३२ जना, मोटरसाईकल गस्तीका लागि जिल्ला प्रहरी कार्यालय र मातहतका (६ स्थानमा) ३२ जना, पोखरा नगर क्षेत्रमा पैदल गस्तीका लागि महानगरभित्रका कार्यालयहरुबाट (भित्रि गल्लीमा समेत) ७४ जना खटिनेछन् ।

त्यस्तै एम्बुस चेकिङका लागि (विभिन्न १९ गल्ली भित्र राजमार्गमा फरक फरक समयमा) ८६ जना, १२ स्थानमा हुने भिगरस चेकिङका लागि ५५ जना, बजार अनुगमनका लागि ३ टोलीमा १२ जना, क्यू.आर.टी ड्युटीका लागि (५ प्रहरी ईकाईका जुन सुकै समयमा खटिने गरी तयारी अवस्थामा रहने) ४९ जना, राजमार्गमा क्रस पट्रोलिङका लागि (मुख्य ३ राजमार्गमा फरक समय र स्थानमा) २१ जना, विभिन्न धार्मिक तथा पर्यटकिय स्थलको सुरक्षामा २८ जना र शादा पोशाकमा सुचना संकलन, चोरी नियन्त्रण र अपराध रोक्नका लागि जिल्लाभर १० स्थानमा ४० जना प्रहरी कर्मचारी खटिनेछन् ।
डिएसपी हमालले पर्वको लागि मात्रै नभई कोरोना महामारी न्यूनीकरणका लागि समेत मध्यनजर गरी ड्युटीमा खटिने बताए । उनले पृथ्वीचोक बसपार्क र बाग्लुङ बसपार्कमा नागरिक सहायता कक्ष समेत सञ्चालन गर्ने बताए ।

कोरोनाको सचेतना समेत जगाउने, यात्रुलाई अधिक भाडा असुल्ने सवारीलाई तत्काल कारवाही गर्ने र नागरिकलाई सहायता दिने उद्देश्यले पृथ्वीचोकको सहायता कक्षमा वडाप्रहरी कार्यालय वैदामबाट ६ जना र बाग्लुङ बसपार्क सहायता कक्षमा वडा प्रहरी कार्यालय बगरबाट ६ जना प्रहरी टोली खटिने डिएसपी हमालले जानकारी दिए ।

चालक/यात्रुसँग १ मिनेट

कास्की प्रहरीले पर्वको समयमा आपराधिक घटना बढ्न सक्ने भन्दै चालक÷यात्रुसँग १ मिनेट कार्यक्रम ल्याउने भएको छ । १ मिनेटको समयमा विशेषगरी आपराधिक घटना हुन नदिका लागि यात्रु र चालकलाई सचेतना कार्यक्रमलाई प्राथमिकतामा राखेर अघि सारेको हो ।

कास्की प्रहरीका प्रवक्ता डिएसपी सुवास हमालले पछिल्लो समय महामारीको रुपमा फैलिरेहेको कोरोना भाईरसको संक्रमण न्यूनीकरण गराउनका लागि उक्त १ मिनेटमा सचेता जगाउने बताए ।

उनले जिल्ला सीसीएमसीबाट निर्णय भए बमोजिमको सुरक्षा मापडण्डलाई लागु भए नभएको समेत अनुगमन गरिने बताउदै पूर्ण रुपमा पालना गराईने बताए । लामो दुरीका यात्रुलाई अपरिचित व्यक्तिहरुले विभिन्न प्रलोभनमा पारि चोरी तथा विभिन्न आपराधिक क्रियाकलाप गर्न सक्ने बताउदै सो सम्बन्धि समेत सचेत गराउने हमालले जानकारी दिए ।

उनका अनुसार सो १ मिनेट कार्यक्रममा शिसुवा ईलाका प्रहरीकार्यालयबाटा ५ जना, प्रहरी चौकी छोरेपाटनबाट ५ जना र वडा प्रहरी कार्यालय बगरबाट जौबारी चेकपोष्टमा ५ गरी कुल १५ जना प्रहरी कर्मचारी खटिनेछन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.