www.tandavnews.com
Fact ~ In search of truth

चितवनमा चार सय ४६ जनाद्वारा आँखा दान सम्झौता

चितवन ।

विश्व दृष्टि दिवसको अवसर पारी ४४६ जनाले मरणोप्रान्त आँखा दान सम्झौता गरेका छन् । लायन्स क्लब अफ इन्टरनेशनल ३२५ वि टु एरिया नं ३ को सहकार्यमा उनीहरुले आँखाको नानी दान सम्झौता गरेका हुन् ।

लायन्सकर्मीले आँखा दान सम्झौता गरेको पत्र आज एक समारोहबीच लायन्स क्बलका प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर रामप्रसाद भट्टले नेपाल नेत्रज्योति संघका जिल्ला सभापति एवं भरतपुर आँखा अस्पताल सञ्चालक समितिका अध्यक्ष कृष्णराज धरेललाई हस्तान्तरण गरे ।

Batas

आँखाका क्षेत्रमा ठूलो सहयोग गर्दै आएको लायन्स क्लबले आँखा दान कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि यो अभियान सञ्चालन गरेको भट्टले बताए । क्लबले आँखा अस्पताललाई विभिन्न किसिमका उपकरण सहयोग, विभिन्न समयमा आँखा शिविर जस्ता कार्यक्रम गर्दै आएको छ ।

लायन्स क्लबको एरिया नं ३ का चिफ एरिया कोअर्डिनेटर प्रभाकर पण्डितको अध्यक्षतामा भएको सो कार्यक्रममा धरेलले अस्पतालले निकट भविश्यमा नै चितवनमा आँखा बैंक स्थापना गर्ने योजनाका साथ काम अघि बढाइरहेको जानकारी दिए ।

भीमराज उषामाया पाठक आँखा बैंकका नामबाट स्थापना गरी काम अघि बढेको उनले जानकारी दिए । अहिले जिल्लामा आँखा बैंक नहुँदा तिलगंगा आँखा अस्पतालबाट आँखाको नानी मगाउनुपर्ने बाध्यता रहेको छ । यहाँ निकालिएका आँखा पनि व्यवस्थापनका लागि काठमाडौँ पठाइँदै आइएको छ ।

यहाँ आँखा बैंक स्थापनाको प्रक्रिया शुरु भएसँगै अहिलेसम्म नौ जनाको आँखाको नानी झिकिएको छ भने ८२ जनामा आँखा प्रत्यारोपण गरिएको छ । अस्पतालको पहलमा यसअघि ४१५ जनाले आँखा दानका लागि सम्झौता गरिसकेका छन् ।

एक जना व्यक्तिको आँखाको नानी चार जनासम्मलाई काम लाग्ने भएकाले आँखा दान जीवनको महत्वपूर्ण दान रहेको अस्पतालका सिनियर मेडिकल डाइरेक्टर डा रघुनन्दन व्यञ्जुले जानकारी दिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.