www.tandavnews.com
Fact ~ In search of truth

पोखरा १६ का कोरोना संक्रमित वृद्धको उपचारको क्रममा मृत्यु

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

Batas

पोखरा महानगरपालिका वडा नम्बर १६ का ८३ वर्षीय वृद्धको आज बिहान करिब पौने ११ बजेको समयमा उपचारको क्रममा पश्चिमाञ्चाल क्षेत्रीय अस्पतालमा मृत्यु भएको अस्पतालका निर्देशक तथा सह.प्रा.डा. अर्जुन आचार्यले पुष्टि गरेका छन् ।

मृतक वृद्धमा असोज १३ गते कोरोना संक्रमण पुष्टि भई आई.सि.यु.मा उपचार भईरहेको थियो । उनमा उच्च रक्तचाप, सुगर र मृगौला सम्बन्धि समस्या रहेको जनाइएको छ ।

हाल सम्म पश्चिमाञ्चल अस्पतालमा उपचाररत ११ जनाको संक्रमणबाट ज्यान गइसकेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.