www.tandavnews.com
Fact ~ In search of truth

कर्मचारीलाई कोरोना देखिएपछि सुर्खेतका कार्यालय धमाधम सिल

कर्णाली ।

सुर्खेतमा कोरोना भाइरसको संक्रमणदर उच्च रहेपछि यहाँका सरकारी कार्यालय धमाधम सिल गरिएको छ । कर्मचारीमा कोरोना देखिएपछि पछिल्लोपटक यहाँका तीन कार्यालय सिल गरिएको हो ।

वीरेन्द्रनगरस्थित राष्ट्रिय वाणिज्य बैंक, कर्णाली प्रदेशसभा सचिवालय र जिल्ला मालपोत कार्यालय सिल गरिएको छ । सेवाग्राहीको अत्यधिक भीड हुने बैंक तथा मालपोत कार्यालयले आफ्ना कर्मचारीमा कोरोना पुष्टि भएपछि सङ्क्रमण अन्य व्यक्तिमा फैलिन नदिन कार्यालय सिल गरिएको जनाएका छन् ।

Batas

प्रदेशसभा सचिवालय र मालपोत कार्यालय एक साताका लागि सिल गरिएको छ भने वाणिज्य बैंकले अर्को व्यवस्था नभएसम्मका लागि कार्यालय बन्द रहने सूचना जारी गरेको छ ।

कर्मचारीमा कोरोना देखिएपछि वाणिज्य बैंक यसअघि पनि एक साताका लागि सिल गरिएको थियो । बैंकका निमित्त शाखा प्रबन्धक ठोक्रे विष्टले एटिएम सेवा भने सञ्चालन रहने बताए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.