www.tandavnews.com
Fact ~ In search of truth

भुजुङ्गे शिव मन्दिरको स्तरोन्नती

पोखरा ।

आँधिखोला गाउँपालिका ६, टिकाजामा अवस्थित भुजुङ्गे शिव मन्दिरको स्तरोन्नती भएको छ । स्थानीय युवाहरुले मन्दिरलाई पूर्णता दिएका हुन् । युवाहरुले समिति गठन गरी कोरोनाको विषय परिस्थितिमा जिर्ण बन्दै गएको मन्दिरलाई निर्माण गरेका हुन् ।

अर्जुन ढकालको अध्यक्षतमा भएको निर्माण समितिमा नरेन्द्र ढकाल, रमेश अधिकारी, जीवन ढकाल अनुरागी, दिनेश ढकाल, स्थानीय युवा क्लबका अध्यक्ष राजु ढकाल र चण्डीमाइ आमा समूहका अध्यक्ष ज्ञानुमाया ढकाल सदस्य रहने गरि ७ सदस्यीय समिति रहेका छन् ।

Batas

‘मठ मन्दिर, पाटी, पौवा हाम्रा पहिचान हुन, ईतिहास हुन् । हाम्रो मौलिकता बोकेका हुन्छन् यस्ता सम्पदालाइ संरक्षण र मर्मत गर्नु हामी सबैको कर्तव्य र दायित्व हो,’ सदस्य रमेश अधिकारीले भन्छन् ‘धार्मिक इतिहास बोकेको यस मन्दिरको आफ्नै बिशेषता रहेको पाइन्छ । पत्नी बियोगको पीडा रहेका शिव भगवानले आफ्नी पत्नी मृत शरीर बोकी हिड्दा यो भुजुङे भन्ने ठाउँमा ठूलो तलाउ रहेको र त्यही तलाउमा शिब भगवानले पानी पिएको किम्बदन्ती रहेको पाइन्छ । परापूर्बकाल देखिनै यो मन्दिर भएको ठाउँमा रहेको ढुंगालाई पूजा गर्ने चलन छ ।’

उक्त मन्दिर २०५२ साल चन्डिमाई आमासमूहको सक्रियतामा तत्कालिन वडाध्यक्ष डोरराज ढकाल, बौद्धिक ब्यक्तित्वहरु, र स्थानीयहरुको चन्दा साथै श्रमदान सहयोगमा मन्दिर निर्माणसहितको धार्मिक स्थल निर्माण गरिएको अधिकारीले जानकारी दिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.