www.tandavnews.com
Fact ~ In search of truth

पद्य नर्सिङका डाक्टरसहित पोखरामा थपिए २४ संक्रमित

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा आज २४ संक्रमित थपिएका छन् ।

पोखरा न्युरोड स्थित पद्यम नर्सिङ होमका चिकित्सकसहित पोखरामा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

Batas

संक्रमित हुनेमा गण्डकी मेडिकल कलेजका २ पुरुष, चरक मेमोरियलका ५ पुरुष र ४ महिलामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । त्यस्तै वडा नम्बर २९ का ४, ३२ का २, वडा नम्बर ५,८, ९, २७, ३० र ३१ का एक–एक जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै लमजुङका ३,तनहुँका ५, नवलपरासीका २ र गोरखाका १ जनामा पनि संक्रमण पुष्टि भएको छ । यो सगँै प्रदेशमा आज ३५ संक्रमित थपिएका छन् ।

प्रदेशमा कोरोना संक्रमितको संख्या ४५३३ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.