www.tandavnews.com
Fact ~ In search of truth

फोर्स मोटर्स र माछापुच्छ्रे बैंकबीच सम्झौता

पोखरा ।

फोर्स मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता हिमालय अर्गनाइजेसन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टल प्रा.लि. र माछापुच्छ्रे बैंकबीच सहकार्य गर्ने सम्झौता भएको छ ।

बिहीबार एक कार्यक्रमबीच सम्झौतापत्रमाआयाम इन्टरकन्टिनेन्टल प्रा.लि. का अध्यक्ष ध्रुवबहादुर थापा र माछापुच्छ्रे बैंकका गण्डकी प्रदेश प्रमुखदीनेश दवाडीले हस्ताक्षर गरेका छन् ।

Batas

आयामले बिगत ६ वर्षदेखि नेपालमा फोर्स मोटर्सका गाडीहरु बिक्री वितरण गरिरहेको छ । काठमाडौं, हेटौंडा, पोखरा र इटहरिमा आयामको आफ्नै शोरुम छन् भने नेपालका विभिन्न शहरमा डिलर नेटवर्क विस्तार गरी फोर्सका गाडी बिक्री वितरण भइरहेको र बैंकसँगको सम्झौताले ग्राहकलाई थप सुविधा उपलब्ध हुने हिमालय अर्गनाइजेसन र आयाम इन्टरकन्टिनेन्टलका अध्यक्ष ध्रुव थापाले बताए ।

फोर्स मोटर्सका गाडी खरिद गर्ने ग्राहकलाई बैंकले देशभरका शाखाबाट सहज रुपमा७५ प्रतिशत सम्म फाइनान्स सुविधा उपलब्ध गराउने बैंकका प्रदेश प्रमुख दीनेश दवाडीले बताए ।

हिमालय अर्गनाइजेसन पोखराको प्रतिष्ठित व्यावसायिक घराना भएकाले अन्य व्यावसायिक क्षेत्रमा पनि सहकार्य गर्न सकिने शाखा प्रवन्धक प्रदीप श्रेष्ठले बताए ।

धेरै सिट क्षमता, इन्जिनको वारेन्टी ३ वर्ष वा ३ लाखकिमी, मर्सिडिज इन्जिनको लाइसेन्स प्राप्त लगायतका विशेषताले फोर्स मोटर्स प्रति ग्राहकको आकर्षण बढेको निर्देशक निरन केसीले बताए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.