www.tandavnews.com
Fact ~ In search of truth

अपडेट : चरकमा उपचाररत पोखरा ८ का एक संक्रमितको मृत्यु

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा थप एकको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर –८ का ७८ वर्षीय वृद्धको आज बिहान उपचारको क्रममा चरक मेमोरियल अस्पतालमा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । उनी विगत ३ दिनदेखि ज्वरो, रुघाखोकी र झाडापखालाबाट ग्रसित थिए ।

Batas

यसैबीच गण्डकी प्रदेशमा फेरि ३९ संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परिक्षणमा पोखराका ८,गोरखाका १५, तनहुँका ११,बागलुङका १ ,स्याङ्जाका १ र म्याग्दीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

हालसम्म प्रदेशमा संक्रमितको संख्या ४५७२ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.