www.tandavnews.com
Fact ~ In search of truth

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो

पोखरा ।

नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या एक लाख नाघेको छ । शुक्रबार दुई हजार ५९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको कुल संख्या एक लाख ६ सय ७६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १३ हजार नौ सय ७९ जनाको नमुना परीक्षण गरिएको हो । त्यस्तै गएको २४ घण्टामा एक हजार ६ सय ८० जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या ७३ हजार २३ पुगेको छ ।

Batas

यस्तै गएको २४ घण्टामा १० जनाको ज्यान गएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ सय पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

अब नेपालमा २७ हजार ५३ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार सात सय तीन जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.