www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दीका पहिरोपीडितलाई चार लाख २१ हजार सहयोग

म्याग्दी ।

म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङ घर भई प्रवासमा रहेका स्थानीयवासीले छिमेकी गाउँ मराङका पहिरोपीडितलाई चार लाख बढी आर्थिक सहयोग गरेका छन् ।

सामाजिक अभियानकर्मी रविन्स घरब्जा छन्त्यालको अगुवाइमा कतार, जापान, मेलेशिया र अष्ट्रेलियामा रहेका मल्कबाङ र मलम्पारवासीबाट सहयोग संकलन गरी चार लाख २१ हजार १९० सहयोग गरेका हुन् । सो सहयोग रकममध्ये मल्कबाङ हेल्थ पोष्टमा कार्यरत सिनियर अनमी जगदेवी छन्त्यालले १० हजार सहयोग गरेका थिए ।

Batas

संकलित रकम शनिबार एक कार्यक्रमका बीच पीडित परिवारलाई हस्तान्तरण गरिएको समन्वयकर्ता हरि छन्त्यालले बताए । राहत रकममध्ये धवलागिरि गाउँपालिका–६ मराङका २१ जना मृतकका आफन्तलाई १२ हजारको दरले राहत दिइएको छ ।

त्यसैगरी बाढीपहिरोले पूर्ण क्षति भएका १३ घरधुरीलाई सात हजारका दरले र आंशिक क्षति भएका १२ जनालाई पाँच हजारका दरले राहत दिइएको थियो । त्यसैगरी स्थानीय गाउँमा अपाङ्गता भएका पाँच जनालाई एक हजार ५०० का दरले सहयोग गरिएको छ ।

वितरण गरिएको सहयोग रकम जुटाउन मल्कबाङ घर भएर प्रवासमा रहेका युवा रविन्स घरब्जा छन्त्यालले समन्वय गरेका थिए । छन्त्यालको सक्रियतामा कतारबाट एक लाख ७८ हजार ८००, धन छन्त्याललको सक्रियतामा अष्टेलियामा एक लाख १९०, देवेन्द्र छन्त्याल र चित्र छन्त्यालको सक्रियतामा जापानबाट रु रु एक लाख २२ हजार ३९३ सहयोग संकलन भएको थियो । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.