www.tandavnews.com
Fact ~ In search of truth

बलात्कार र महिला हिंसाविरुद्ध पोखरेली युवाहरुले गरे प्रर्दशन

पोखरा ।

देशमा बढिरहेको बलात्कार र महिला हिंसा विरुद्ध पोखरामा प्रर्दशन गरिएको छ । हिजो (शनिबार) पोखरेली युवाले पोखराको मानवअधिकार चोकमा शान्तिपूर्ण विरोध प्रर्दशन गरेका हुन् ।

केही हप्ता अघि बझाङकी १२ वर्षीय बालिका सम्झना वि.क को बलात्कार पछि हत्या भएको थियो । यसअघि निर्मला पन्तको बलात्कार पछि हत्या भएका थियो । निर्मला पन्तको हत्यारा अझै सार्वजनिक हुन सकेको छैन । निर्मला पन्त लगायत सबै पीडितलाई न्याय दिन माग गर्दै बलात्कार विरुद्ध पोखरेली युवाहरू प्रर्दशनमा उत्रेका हुन् ।

Batas

अपराधीलाई तुरुन्तै पत्ता लगाई कानुनको कठघरामा उभ्याउन माग गर्दै उनीहरुले सरकारलाई दवाब दिदै विरोध प्रर्दशन गरेका थिए ।बलात्कारका घटना छानबिनमा सरकार गम्भिर नबन्दा बलात्कारीमा आत्मबल बढेको भन्दै निष्पक्ष छानबिन र कडा कारबाही गर्न युवाहरुको माग छ ।

महिला हिंसा विरुद्धको प्रर्दशनमा पोखरा सहित दाङ,इटहरी,प्युठान,रोल्पा,सुर्खेत लगायतका स्थानमा आज शनिबार एकै समयमा युवाहरूले शान्तिपूर्ण प्रर्दशन गरेका थिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.