www.tandavnews.com
Fact ~ In search of truth

आर्मी, प्रहरी र थुनुवासहित गण्डकीमा थपिए ६२ संक्रमित

चरकमा उपचाररत २ पुरुषसहित पोखरामा २१ जनामा संक्रमण

पोखरा,
ताण्डव ।

पोखरामा एका बिहानै २१ संक्रमित थपिएका छन् ।

पोखरा नागढुंगा स्थित चरक मेमोरियल अस्पतालमा उपचाररत दुई पुरुष र नेपाल टेलिकममा कार्यरत एक कर्मचारी महिला सहित पोखरामा २१ संक्रमित थपिएका हुन् ।

Batas

पोखराका २१ सहित प्रदेशका अन्य दुई जिल्लाका गरि गण्डकी प्रदेशमा ६२ संक्रमित थपिएका छन् । संक्रमित हुनेमा बागलुङका ३६ र लमजुङका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

बागलुङका २९ जना नेपाल आर्मी, २ जना नेपाल प्रहरी एक ३ जना थुनुवा रहेको निर्देशनालयले जनाएको छ । यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ४७५३ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.