www.tandavnews.com
Fact ~ In search of truth

धरानमा कोरोनाले थप तीनको मृत्यु

धरान ।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा तीन संक्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानका सहप्रवक्ता डा .आशिष श्रेष्ठका अनुसार सुनसरीको दुहवीका ६४ वर्षीय एक पुरुष र धनकुटाकी ६१ वर्षीया एक महिलाको आज बिहान तथा धरान–८ की एक महिलाको शनिबार राति उपचारका क्रममा मृत्यु भएको छ ।

Batas

दुहवीका पुरुषलाई यही असोज १४ गते कोभिड अस्पताल भर्ना गरिएको थियो । उनलाई मिर्गौलाको समस्या भएको प्रतिष्ठानले जनाएको छ । उनको आज बिहान ३ः५० मा मृत्यु भएको थियो ।

तीन घण्टाका फरकमा लगत्तै धनकुटा अस्पतालबाट रेफर भएर असोज १६ गते भर्ना भएकी ६१ वर्षीया महिलाको बिहान ६ः४० बजे मृत्यु भएको थियो । उनलाई पनि मधुमेहको समस्या रहेको प्रतिष्ठानले जनाएको छ ।

तीनै जनाको शव व्यवस्थापन नेपाली सेनाले गरिरहेको सहप्रवक्ता श्रेष्ठले जानकारी दिए। रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.