www.tandavnews.com
Fact ~ In search of truth

डा .केसीसँगको सहमति कार्यान्वयन गर्न काँग्रेसको माग

काठमाडौं ।

नेपाली काँग्रेसले डा. गोविन्द केसी र सरकारबीच भएको सहमतिको स्वागत गरेको छ । साथै काँग्रेसले विगतका सहमति उल्लंघन नगर्न र खबरदारी जारी राख्न सबैमा अपीलसमेत गरेको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्तिमार्फत यही असोज २४ गते मध्यरातमा गरिएको आठ बुँदे सहमति इमान्दार ढङ्गले कार्यान्वयन गर्दै अघि बढ्न सरकारलाई सजगता समेत गराएका छन् ।

Batas

उनले काँग्रेस नेतृत्वकोे अघिल्लो सरकारले डा .केसीका माग पूरा गर्दै जारी गरेको अध्यादेश विस्थापित गर्नु र डा केसीसँगको अघिल्लो सहमति उल्लंघन गर्नुको कारण पछिल्लो द्वन्द्व सिर्जनासमेत भएको उल्लेख गरेका छन् । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.