www.tandavnews.com
Fact ~ In search of truth

अपडेट :पोखरामा फेरि थपिए २८ संक्रमित

वडा नम्बर १६ का मात्रै १५ जनामा संक्रमण

पोखरा,
ताण्डव, न्यूज ।

पोखरामा फेरि २८ संक्रमित थपिएका छन् ।सबैभन्दा बढी वडा नम्बर १६का रहेका छन् ।

Batas

वडा नम्बर १६ का मात्रै १५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । यस्तै वडा नम्बर १७ का ६,१३ का २, वडा नम्बर ४,५, ६, ८ १५ र ७ का एक एक जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

पोखरा बाहेक स्याङ्जाका ३ र तनहुँका १ जनामा पनि संक्रमण पुष्टि भएको छ । यो सँगै प्रदेशमा ३२ संक्रमित थपिएका छन् ।यसअघि पोखरामा २३ संक्रमित थपिएका थिए ।

हाल गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४८०१ पुगेको छ । पछिल्लो समय थपिएका संक्रमित सबै कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् ।

 

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.