www.tandavnews.com
Fact ~ In search of truth

अपडेट :भौतिक मन्त्रालयका ७ कर्मचारी र एक पत्रकारसहित पोखराका २० जनामा संक्रमण

पोखरा,
ताण्डव  न्यूज।

पोखरामा घण्टै पिच्छे संक्रमित थपिने क्रम बढिरहेको छ ।

Batas

पछिल्लो अपडेट अनुसार पोखरामा फेरि २० संक्रमित थपिएका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयमा कार्यरत ७ कर्मचारी, चरक मेमोरियल अस्पतालमा उपचाररत ३ बिरामी र वडा नम्बर ५ का एक पत्रकार सहित पोखराका २० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

अन्य वडा नम्बर १७ का ३, ७ का १, ८,२४,१० का एक एक जनामा संक्रमण पुष्टि भएको छ । यस्तै प्रदेशका अन्य जिल्ला लमजुङका १६, नवलपरासीका ५, तनहुँका २ र स्याङ्जाका १ गरि प्रदेशमा ४४ संक्रमित थपिएका छन् ।

यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ४८४५ पुगेको छ । सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.