www.tandavnews.com
Fact ~ In search of truth

धरानमा होम आइसोलेशनमा बसेका वृद्धको मृत्यु

धरान ।

धरान उपमहानगरपालिका वडा नं १५ मा होम आइसोलेशनमा बसेका एक कोरोना संक्रमितको मृत्यु भएको छ । करीब ७० वर्षीय उनको आज बिहान घरमा नै मृत्यु भएको हो ।

उपमहानगर स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बेलायत जानका लागि एक साताअघि बिपी प्रतिष्ठानमा शुल्क तिरेर पिसिआर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको जानकारी दिए ।

Batas

छोराको मृत्यु संस्कारमा भाग लिन बेलायतबाट आएका उनी रिपोर्ट पोजेटिभ आएपछि होम आइसोलेशनमा बसेका थिए । बिपी प्रतिष्ठानको कोभिड अस्पतालमा भीड भएका कारण उनलाई घरमै राखिएको थियो । सेनाको टोलीबाट शव व्यवस्थापन हुन लागेको छ ।

धरानमा एक पत्रकारसहित ८२ जनामा आज संक्रमण पुष्टि भएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.