www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा नक्कली सुकुम्बासी समाधान आयोग, ५ जना पक्राउ

माधव भुसाल
पोखरा, ताण्डव न्यूज ।

पोखरामा नक्कली सुकुम्बासी समाधान आयोग खडा गरेर चलखेल गरेको पाइएको छ । पोखरा १४ स्थित भोटेचौतारामा रहेको जग्गामा सुकुम्बासीलाई भौतिक पुर्वाधारसहित हस्तान्तरण गर्ने भन्दै नक्कली आयोग बनाएर पैसा असुल्ने गरेको पाइएको हो ।

सुकुम्बासीहरुलाई विश्वास दिलाएर पैसा असुल्न लागि परेको गिरोहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी सुवास हमालले जानकारी दिए । ‘उक्त कार्यमा संलग्न हिरा बहादुर तामाङसहित ५ जनालाई पक्राउ गरिएको छ, केही बेरमा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्दैछौँ’ उनले भने ।

Batas

उक्त गिरोहले विश्वास दिलाएर पैसा असुल्न पत्र नै पठाएको छ । नक्कली पत्रको लेटर हेडमा ‘नेपाल सरकार अव्यबस्थित सुकुम बासी समस्या समाधान आयोग काठमाडौ, स्थापित ः २०६८ छ’ । तर नेपाल सरकारले गठन गरेको आयोग ‘भूमि सम्बन्धी समस्या आयोग’ हो ।

गिरोहले गण्डकी प्रदेश कार्यसमितिको नाम समेत उल्लेख गरेको छ । जबकी, सरकारले गठन गरेकाे आयोगले अहिलेसम्म कुनै पनि प्रदेशमा कार्यसमिति बनाएकै छैन । प्रदेशबाट प्रतिनिधि भने छन् ।

नक्कली पत्रमा उल्लेखित कायसमितिको कार्यकारी प्रमुखमा हिरा बहादुर तामाङ छन् । रमेश परियार, सतिा सुनार। देव कुमार श्रेष्ठ, हर्क बहादु बिक, विमला रोका, रिति विश्वकर्मा, सोनु परियार र मौसम सदासंकर कार्यसमिति सदस्य छन् ।

नक्कली आयोगको ०७७/०६/२२ गते जारी गरिएको पत्रमा भनिएको छ ‘गण्डकी प्रदेश कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं १४ भोटे चौतारामा अव्यवस्थित रहेको ३०० रोपनी जमिन कास्की जिल्लाबाट आएको प्रतिवेदन अनुसार उक्त जमिनमा १६० जनालाई तत्काल भौतिक पूर्वाधारसहित व्यवस्था गरिने भएकाले प्रदेश कार्यसमिति गठन भई र्कासमितिका नामावली श्री हिरा बहादुर तामाङलाई नियुक्ती गरिएको हुँदा यसै पत्रलाई आधार मानी श्री हिराबहादुर तामाङको टिमलाई निवेदकहरुले आर्थिक नैतिक, भौतिक सहयोग गरिदिनुहुन यस अव्यवस्थित सुकुमबासी समास्या समाधान आयोग अनुरोध गर्दछ ।’

हेर्नुहोस् नक्कली आयोगको पत्र

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.