www.tandavnews.com
Fact ~ In search of truth

लेउवा संघको २४ औँ साधारण सभा सम्पन्न

लेखनाथ ।

विश्वव्यापी रुपमा फौलिएको कोरोना भाईरसका कारण भेला तथा जमघटबाट साधारण सभा गर्न नमिले पछि लेखनाथ उद्योग बाणिज्य संघले आईतवार फरक शैलिबाट आफनो २४ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

साधारण सभाको तयारीका लागि असोज ५ गते देखि नै व्यवसायी सदस्यको घरदैलोमा पुगी प्रतिवेदन पठाउने र सोही प्रतिवेदन उपर विभिन्न विधीबाट राय सुझाव संकलन गरि, संघद्धारा गठित १७ वटा उपसमितिहरु समेतको भेला तथा छलफललाई आधार मानि आईतवार बसेको कार्यसमितिको पुर्ण बैठकलाई साधारण सभाको रुप दिईएको हो ।

Batas

वि स २०५४ सालमा स्थापना भएको लेखनाथ उद्योग बाणिज्य संघसँग आवद्ध एक हजार तिन सय ६५ व्यवसायी सदस्यहरु मध्ये बहुमत सदस्यहरुको प्रतिनिधित्व रहने गरि विषम परिस्थीतिलाई मध्यनजर राख्दै फरक शैलिमा साधारण सभा सम्पन्न गरिएको हो ।

कार्यक्रममा सघंले आगामी आर्थिक वर्षका लागी अगाडी सारेको संगठानीक तथा आर्थिक प्रतिवेदन पारित गरेको छ भने कोरना भाईरसका कारण ब्यवसायीहरुले भोग्नु परेका आर्थिक समस्याका बारेमा छलफल गरि व्यवसाय उत्थानमा सहयोग पुग्ने खालका कार्यक्रम संचालन गर्न सम्वन्धीत निकायमा लभिङ गर्ने निर्णय गरेको संघका महासचिव गोपिचन्द्र बास्तोलाले जानकारी दिएका छन् ।

संघका अध्यक्ष वलराम ढकालको अध्यक्षतामा भएको कार्यक्रममा निर्वतमान अध्यक्ष कृष्णहरि भण्डारी, संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचाय ,पुर्व अध्यक्षहरु सुमन भटराई, बाबुराम गिरी, लक्ष्मी प्रसाद त्रिपाठी र बरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेय लगायतले अहिलेको विषम परिस्थीतिमा ब्यवसायीहरुले भोग्नु परेका समस्या प्रति संघ गम्भिरता पुर्वक अगाडी वढेको धारणा राखेका थिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.