www.tandavnews.com
Fact ~ In search of truth

पछिल्लो २४ घण्टामा देशमा थपिए ४ हजार ४७ संक्रमित

पोखरा ।

नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ४७ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १४ हजार पाँच सय ३० जनाको नमुना परीक्षण गरिएकोमा ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनस्ंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।

आज थपिएका संक्रमितसँगै नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या एक लाख ११ हजार आठ सय दुई पुगेको छ । त्यस्तै गएको २४ घण्टामा एक हजार चार सय ७३ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या ७७ हजार दुई सय ७७ पुगेको छ । भने गएको २४ घण्टामा नौ जनाको ज्यान गएको छ । हालसम्म कोरोना संक्रममणबाट ज्यान गुमाउनेको संख्या ६ सय ४५ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले जानकारी जनाए।

Batas

मन्त्रालयको अनुसार अब नेपालमा ३३ हजार आठ सय ८० जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार आठ सय ३१ जना क्वरेण्टीनमा रहेका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.