www.tandavnews.com
Fact ~ In search of truth

अब सार्वजनिक सवारीका सबै सिटमा यात्रु राख्न पाइने, भाडादर पुरानै कायम

काठमाडौं ।

कोरोना संक्रमणको जोखिम कम गर्न सार्वजनिक सवारीमा आधा मात्र यात्रु राख्ने निर्णय सरकारले उल्टाएको छ । अब सरकारले सार्वजनिक सवारी साधनका सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको छ ।

हिजो (सोमबार) बसेको मन्त्रिपरिषद बैठकले यसअघि गरिएको निर्णय उल्ट्याँदै सो निर्णय गरेको हो ।यसअघिको बैठकले सार्वजनिक सवारीमा बढीमा आधा सिट क्षमतामा यात्रुहरु राख्नुपर्ने निर्णय गरेको थियो ।

Batas

तर सोमबारको बैठकले भने सबै सिटमा यात्रु राख्न पाइने र भाडादर पुरानै कायम गर्ने निर्णय गरेको छ ।दशैंमा यात्रुहरुको चाप हुने भएकोले सवारी साधनमा सामाजिक सुरक्षाको मापदण्ड अप्नाउन पनि बैठकले सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।

सरकारले पहिला एक लहरमा एक जना मात्र यात्रु राख्नुपर्ने र भाडा बढाएर ५० प्रतिशत लिन दिने निर्णय गरेको थियो ।यसअघि अन्तरिक हवाई उडानमा पनि प्रावधान लागू गरिएको थियो तर हवाई सेवा प्रदायक कम्पनीहरुले नागरिक उड्डयन मन्त्रालयसँग समझदारी गरेर सबै सिटमा यात्रु बोक्दै आइरहेका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.