www.tandavnews.com
Fact ~ In search of truth

मणिपाल, चरक र जिएमसीमा उपचाररत ७ सहित पोखराका १८ जनामा संक्रमण

गण्डकीमा संक्रमित संख्या पाँच हजार नाघ्यो

पोखरा,
ताण्डव न्यूज ।

पोखराका १८ सहित गण्डकी प्रदेशमा ३४ संक्रमित थपिएसँगै प्रदेशमा संक्रमितको संख्या पाँच हजार नाघेको छ ।

Batas

गण्डकी प्रदेशमा आज बिहान तीन जिल्लाका नयाँ ३४ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । यो सँगै संक्रमितहरुको संख्या पाँच हजार पाँच पुगेको छ ।

निर्देशनालयको अनुसार थपिएकाहरूमा कास्कीको पोखरा महानगरपालिका–७ का तीन जना, २ का एक जना, २५ का एक जना, ३१ का एक जना, १० का एक जना, १ का एक जना, ३ का एक जना, ११ का एक जना र वडा नखुलेका एक जना रहेका छन् ।

यस्तै मणिपाल शिक्षण अस्पतालमा उपचाररत एक जना, चरक अस्पतालमा उपचाररत एक जना र गण्डकी मेडिकल कलेजमा उपचाररत पाँच जना गरी सात जनामा पनि संक्रमण पुष्टि भएको हो ।

स्याङ्जाको चापाकोट गाउँपालिकाका १० जना पुरुष र चार जना महिला गरी १४ जना, लमजुङको सुन्दरबजार नगरपालिकाका एक जना र मध्यनेपाल नगरपालिकाका एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.