www.tandavnews.com
Fact ~ In search of truth

२४ घण्टामा १८ संक्रमितले ज्यान गुमाए , सक्रिय संक्रमित ३५ हजार ९१५

पोखरा।

पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट १८ जनाले ज्यान गुमाएका छन् । मन्त्रालयको अनुसार कोरोना संक्रमणका कारण हालसम्म ज्यान गुमाउनेको संख्या ६६३ पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ३५८ पुगेको छ ।पछिल्लो २४ घण्टामा थप ३५५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा जानकारी दिए।

Batas

पछिल्लो २४ घण्टामा १५०३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७८ हजार ७८० पुगेको छ ।

मन्त्रालयका अनुसार नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३५ हजार ९१५ रहेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.