www.tandavnews.com
Fact ~ In search of truth

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आई.सी.यू मा उपचाररत संक्रमितको मृत्यु

पोखरा,
ताण्डव न्यूज ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आई.सि.यू. मा उपचाररत एक संक्रमितको हिजो(मंगलबार) मृत्यु भएको छ ।

Batas

मृत्यु हुनेमा लमजुङ जिल्ला वेशिसहर नगरपालिका वडा नंम्बर २ निवासी ५६ वर्षीय पुरुषको उपचारकै क्रममा ज्यान गएको अस्पतालका निर्देशक तथा सह.प्रा.डा. अर्जुन आचार्यले जानकारी दिएका छन् ।

उनको हिजो ४ बजेर २३ मिनेटको समयमा मृत्यु भएको जारी विज्ञप्तिमा जनाइएको छ । अस्पतालद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिए अुनसार मृतक संक्रमितमा कोरोना संक्रमण साथै सुगरको समस्या रहेको थियो । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा हाल सम्म १२ जना संक्रमितको ज्यान गइसकेको छ ।

यस्तै गण्डकी प्रदेशमा हालसम्म संक्रमितको संख्या ५ हजार १०० रहेको छ भने हालसम्म ३ हजार ४ सय ४९ जनाले कोरोनालाई जितेका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको अनुसार हाल प्रदेशमा १ हजार ६ सय ११ जना सक्रिय संक्रमित रहेका छन् । हाल सम्म प्रदेशमा ७ हजार ८ सय १२ जनामा कोरोना परीक्षण भएको निर्देशनालयले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.