www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा संक्रमणबाट मृत्यु हुनेको संख्या ४५

तनहुँका ३ र स्याङ्जाका १ संक्रमितको मृत्यु,

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४५ पुगेको छ ।

देशका विभिन्न अस्पतालमा उपचाररत गण्डकी प्रदेशका ४ संक्रमितको मृत्यु भएसँगै प्रदेशमा मृतकको संख्या ४५ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

Batas

निर्देशनालयले दिएको जानकारी अनुसार संक्रमणका कारण ज्यान गुमाउनेमा तनहुँका मात्रै ३ जना र स्याङ्जाका एक जना रहेका छन् ।

तनहुँ जिल्ला, भिमाद–६ का ७२ बर्षीय पुरुषकाृ चितवन मेडिकल कलेज, चितवनमा असोज १९ गते, भिमाद–६ का ७५ बर्षीय पुरुषको बि. एण्ड बि. अस्पताल, काठमाडौँमा असोज २४ गते र भिमाद –६ का ९८ बर्षीय पुरुषको मेडिसिटी अस्पताल, काठमाडौँमा असोज २५ गते मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

यस्तै स्याङ्जा जिल्ला, भिरकोट–२ का ५२ बर्षीय महिलाको आज (बुधबार) असोज २८ गते बिहान ९ बजेर ३४ मिनेटको समयमा पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । यसअघि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा हिजो साँझ लमजुङका एक संक्रमित पुरुषको निधन भएको अस्पताल प्रशासनले पुष्टि गरेको थियो ।

यसैबीच प्रदेशमा ४ संक्रमित थपिएका छन् । थपिएका संक्रमितसगैँ गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५१३१ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप नयाँ ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

संक्रमित हुनेमा पोखरा स्थित फेवासिटी अस्पतालमा उपचारका लागि पुगेका माछापुच्छ्रे गाउँपालिका वडा नम्बर २ का ५२ वर्षीय महिला र पोखरा महानगर वडा नखुलेकी एक ४१ वर्षीय महिला रहेको निर्देशनालयले बताएको छ । यस्तै गोरखाका एक ३६ वर्षीय पुरुष र पर्वतका २९ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.