www.tandavnews.com
Fact ~ In search of truth

चरक र जिएमसीमा उपचाररत बिरामी र स्वास्थ्यकर्मी सहित पोखरामा १० संक्रमित थपिए

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा फेरि १० संक्रमित थपिएका छन् ।

Batas

संक्रमित हुनेमा गण्डकी मेडिकल कलेजमा उपचाररत ५ बिरामी र चरक मेमोरियकी एक स्वास्थ्यकर्मी महिला र उपचाररत ४ बिरामीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

निर्देशनालयको अनुसार जिएमसीमा उपचाररत ६०,३८ र ३६ वर्षीय पुरुष, ३५ र ३६ वर्षीय महिलामा संक्रमण पुष्टि भएको हो । यस्तै चरकमा उपचार गराईरहेका ७७,७३,६० र ४९ वर्षीय पुरुष र सोहाी अस्पतालमा कार्यरत २४ वर्षीय स्वास्थ्यकर्मीमा पनि संक्रमण भएको हो ।

यस्तै बागलुङका एक २३ वर्षीय नेपाल आर्मीमा पनि संक्रमण पुष्टि भएको छ । प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या ५ हजार १८७ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.