www.tandavnews.com
Fact ~ In search of truth

डिस्चार्ज हुनेको संख्या ८० हजार नाघ्यो, २४ घण्टामा १२ जनाको मृत्यु

पोखरा ।

नेपालमा कोभिड–१९ (कोरोना भाइरस) का संक्रमितको संख्या एक लाख १७ हजार नौ सय ९६ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार ६ सय ३८ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

१३ हजार नौ सय ४७ जनाको नमुना परीक्षण गर्दा २६३८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।यस्तै गएको २४ घण्टामा १२ जनाको ज्यान गएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ सय ७५ पुगेको मन्त्रालयले जनाएको छ ।

Batas

त्यस्तै गएको २४ घण्टामा दुई हजार एक सय ७४ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको संख्याा ८० हजार नौ सय ५४ पुगेको छ ।अब नेपालमा ३६ हजार तीन सय ६७ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् ।

यस्तै चार हजार ६ सय ६६ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.