www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा बिहानै थपिए ९७ संक्रमित

पोखराका ३० जनामा संक्रमण

पोखरा,
ताण्डव न्यूज ।

गण्डकीका विभिन्न जिल्लामा गरि बिहानै ९७ जना नयाँ संक्रमित थपिएका छन् ।

Batas

प्रदेशका ५ जिल्लाका गरि संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । निर्देशनालयले दिएको जानकारी अनुसार

बागलुङ जिल्लामा सबैभन्दा धेरै संक्रमित थपिएका छन् । बागलुङमा मात्रै ५१ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जानकारी दिएको छ ।

त्यस पछि पोखरामा ३० संक्रमित थपिएका छन् । पोखरामा थपिएका ८ संक्रमित जिएमसी र चरक मेमोरियल अस्पतालमा कोरोना परिक्षणमा पुगेका व्यक्तिहरु रहेका छन् ।

गोरखाका ७, नवलपरासीमा ६ र लमजुङका ३ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार २८४ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.