www.tandavnews.com
Fact ~ In search of truth

पोखरा महानगरपालिकाका कर्मचारीमा कोरोना , अत्यावश्यक बाहेकका सेवा बन्द

पोखरा,
ताण्डव न्यूज ।

पोखरा महानगरपालिकाका केही कर्मचारीमा कोरोना पुष्टि भएको छ । कर्मचारीमा संक्रमण पुष्टि भएसँगै महानगरपालिकाले प्रदान गर्ने सेवा बन्द गरिएको पोखरा महानगरका नगर प्रमुख मान बहादुर जि.सीले विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् ।

Batas

अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा अर्को सुचना जारी नभइन्जेल सम्मको लागि महानगरको सेवा बन्द गरिएको महानगरपालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तै महानगरपालिकाले आयोजना गर्ने गरी तोकिएका सबै बैठकहरु समेत स्थगित गरिएको महानगरले जनाएको छ । यस्तै महानगरपालिकाका पदाधिकारीहरुलाई आमन्त्रण गरिएका कार्यक्रमहरुमा समेत उपस्थित हुन असमर्थ रहेको जनाएको छ ।

महानगरको अनुसार महानगरपालिकाका वडा कार्यालयहरु तथा विषयगत महाशाखाहरुबाट प्रदान गरिने सेवा भने सुचारु रहने छ । आज बिहान पोखरामा थपिएका ३० संक्रमित मध्ये कन्ट्याक्ट ट्रेसिङमा परेका पोखरा महानगरपालिकामा कार्यरत कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.