www.tandavnews.com
Fact ~ In search of truth

नेकपा वरिष्ठ नेता खनालको स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य सुधारोन्मुख रहेको छ ।

रक्तचाप बढेका कारण धुम्रबहारीस्थित ह्याम्स अस्पतालमा उपचारारत रहेका उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए । उनका अनुसार आज साँझसम्म नेता खनाललाई अस्पतालले डिस्चार्ज गर्नेछ ।

‘उनको स्वास्थ्यमा क्रमिक सुधार आएको छ, अहिले आफैँ हिँड्ने, बोल्ने गर्नुहुन्छ’, उनले भने, ‘चिकित्सकका अनुसार उहाँको रक्तचाप पनि सामान्य रहेको छ ।’ उनको रक्तचाप बढेपछि बुधबार अपराह्न ४ः०० बजे उपचारका लागि अस्पताल लगिएको थियो । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.