www.tandavnews.com
Fact ~ In search of truth

लमजुङ स्थित ङादी आयोजनाको काम धमाधम हुँदै

लमजुङ ।

पहाडी जिल्ला लमजुङको उत्तरी भेग र्मस्याङदी गाउँपालिका–६ स्थित ङादीखोलामा चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्शन एण्ड इन्स्टलेसन कम्पनीद्वारा निर्माणाधीन न्यादी जलविद्युत् आयोजनाको काम धमाधम भइरहेको छ । तीस मेगावाट क्षमता रहेको सो आयोजना आगामी छ महिनाभित्र सक्ने लक्ष्यका साथ कोरोनाको त्रासका बीच कामलाई जारी राखिएको छ ।

आयोजनाका जनसम्पर्क अधिकृत विजय गुरुङका अनुसार हालसम्म ९३ प्रतिशतभन्दा बढी निर्माण सकिएको छ । यतिबेला आयोजनाको विद्युत्गृह र बाँधस्थल निर्माण करीब अन्तिम चरणमा पुगेको छ । त्यस्तै आयोजनाबाट साढे नौ किलोमिटर टाढा ट्रान्समिसन लाइन जोड्नका लागि निर्माण भइरहेको आयोजनाले जनाएको छ ।

Batas

डेनस्टक पाइप लाइनको काम करीबकरीब सकिएको छ । इलेक्ट्रोनिक केही काम बाँकी रहेको आयोजनाले जनाएको छ । आयोजनामा आवश्यक केही यन्त्र नेपाल भारतका सिमानामा रोकिएका कारण निर्माणमा केही समस्या आए पनि केही दिनमा त्यहाँ रोकिएका सामग्री आइपुग्ने आयोजनाले जनाएको छ । विसं २०७३ चैत महिनादेखि निर्माण थालनी गरेको आयोजनाले तीन वर्षभित्र सम्पन्न गरिसक्ने सम्झौता भएको थियो ।

उक्त सम्झौतानुसार गत चैतमा आयोजनाको निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गर्नुपथ्र्यो । विविध कारणले निर्माणमा ढिलाइ भइरहेका बेला लकडाउनले समेत आयोजनालाई प्रभाव बनाएकाले लम्बिन पुगेको छ । सुरुङसहित ७२५ मिटर पेनस्टक पाइप राखिने आयोजनाले जनाएको छ । करीब रु छ अर्ब लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य आयोजनाको छ ।

आयोजनामा एभरेष्ट बैंकको अगुवाइमा पाँच बैंकले ७५ प्रतिशत अर्थात्  साढे चार अर्ब ऋण लगानी गरेका छन् । बुटवल पावर कम्पनीको २५ प्रतिशत लगानी रहेको छ । आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग वर्षायाममा ४.८० र सुक्खायामका लागि ८.४० मा विद्युत् खरीद सम्झौता (पिपिए) गरेको छ ।

यसबाहेक जिल्लामा निर्माणाधीन करीब एक दर्जन आयोजनाको निर्माण धमाधम भइरहेको छ । आधा दर्जनभन्दा बढी आयोजनाले निर्माण सम्पन्न गर्दै बिजुलीसमेत उत्पादन गरिसकेका छन् । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.