www.tandavnews.com
Fact ~ In search of truth

मणिपालमा उपचाररत बागलुङका संक्रमित सशस्त्र प्रहरीको मृत्यु

पोखरा,
ताण्डव न्यूज ।

मणिपाल शिक्षण अस्पतालमा उपचाररत एक संक्रमित शसस्त्र प्रहरीको गएराती मृत्यु भएको छ ।

Batas

बागलुङ जिल्ला ढोरपाटन नगरपालिका – ७ का २५ वर्षीय पुरुषको गएराती साढे ११ बजे उपचारको क्रममा निधन भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

मृतक पुरुष असोज २५ गते अस्पताल भर्ना भएकोमा २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । निर्देशनालयले दिएको जानकारी अनुसार उनी सशस्त्र प्रहरी बल मुस्ताङमा कार्यरत रहेका थिए ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ४८ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.