www.tandavnews.com
Fact ~ In search of truth

अपडेट :पोखरा मेट्रोसिटी अस्पतालका चिकित्सक सहित गण्डकीमा थपिए ३७ संक्रमित

पोखरा,
ताण्डव न्यूज ।

गण्डकीमा फेरि ३७ संक्रमित थपिएका छन् ।

 

Batas

पोखराको सिर्जनाचोक स्थित मेट्रोसिटी अस्पतालका एक चिकित्सक सहित प्रदेशका अन्य ७ जिल्लाका गरि थप ३७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

निर्देशनालयले बताए अनसार थपिने संक्रमितमा नवलपरासीका १६ जना , गोरखाका ९ जना, लमजुङ र स्याङ्जाका ४–४ जना , पर्वतका १, कास्कीका १ र बागलुङका २ जना रहेका छन् ।

यसअघि गण्डकी प्रदेशमा पोखराका १९ सहित ७८ जना संक्रमित थपिएका थिए । अहिले थपिएका संक्रमितसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ४७१ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.