www.tandavnews.com
Fact ~ In search of truth

एनएमबिका ग्राहकलाई फेवा बजारको वस्तु खरिदमा फाईदै फाईदा

पोखरा ।

एनएमबि बैंक लिमिटेडका ग्राहकलाई फेवा बजारको वस्तु खरिदमा विभिन्न छुट हुने भएको छ ।

एनएमबि बैंक लिमिटेड र फेवा बजारबीच समझदारी भएसँगै बैंकका ग्राहकलाई फेवा बजारले वस्तु खरिदमा छुट दिने भएको हो ।एनएमबि र फेवा बजार बीच सरल इएमआईमा कर्जाका साथै अन्य डिजीटल प्रणालीबाट गरिने भुक्तानीमा छुट प्रदान सहज कार्यान्वयनको लागी द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको बैंकले जनाएको छ ।

समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख–रिटेल बैंकिङ्ग रोशन रेग्मी र फेवा बजारका तर्फबाट प्रवन्ध निर्देशक सुजन आचार्यले हस्ताक्षर गरेका छन् ।

यस अन्तर्गत एनएमबिका ग्राहकहरुले फेवा बजारको आधिकारीक वितरकबाट उपभोग्य इलेक्ट्रोनिक वस्तुहरुको खरीदमा १२ महिनासम्मको ‘एनएमबि सुलभ किस्ता’ योजना अन्तर्गत १२ महिनासम्मको सरल किस्तामा समानहरु खरीद गर्न सक्नेछन् ।

यस्तै एनएमबिका ग्राहकहरुले फेवा बजारका विविध उत्पादनहरुमा क्रेडिट कार्ड मार्फत गरिने भुक्तानीमा विभिन्न छुटको लाभ प्राप्त गर्न सक्नेछन् ।

एनएमबि बैंकले १८६ शाखाहरु, ६ विस्तारित काउन्टरहरु र १३५ एटीएमहरुको मजबुत सञ्जाल मार्फत ग्राहकहरुलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।

मुख्य कार्यालय पोखरामा रहेको फेवा बजारले देशैभर दैनिक उपभोग्य वस्तुहरुको डेलिभरी सेवा प्रदान गर्दै आईरहेको छ ।

फेवा बजारको ललितपुरमा कर्पोरेट अफिस रहेको छ भने फेवा बजारको सर्वाधिक उपस्थिति प्रदेश ५ मा रहेको छ । जहा १०० भन्दा बढी खुद्रा स्टोरहरुले फेवा बजारको वस्तुहरु विक्रि गरिरहेका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.