www.tandavnews.com
Fact ~ In search of truth

जथाभावी फालिएका मास्कबाटै जोखिम

लमजुङ ।

जिल्लामा कोरोना संक्रमणको उच्च जोखिम कायम रहेपनि मास्क नलगाउने र लगाएको मास्क जथाभावी फाल्नेको संख्या वृद्धि हुँदा थप जोखिम बढ्न थालेको छ ।

सरकारले कोभिड १९ नियन्त्रणका लागि मास्क लगाउन आग्रह गरेपनि शहरबजारदेखि गाउँघरसम्मै मास्क नलगाउने र लगाएकाहरूले समेत जथाभावी फाल्ने गर्दा जिल्लामा उच्च जोखिम बढ्न थालेको हो ।

Batas

चाडपर्व नजिकिएसँगै किनमेलका लागि शहरबजारका पसलमा र विभिन्न कार्यालयहरूमा आउने सेवाग्राही तथा सर्वसाधरणको भीड बढिरहेको र कोरोनाको जोखिम बढीरहेको बेला अधिकांशले मास्क बिना हिड्डुल गर्ने र प्रयोग गरेकाहरूले समेत जथाभावी फाल्ने गर्दा स्थानीय बासिन्दा त्रस्त भएको बेँसीशहर नगरपालिका ७ का बिपिन श्रेष्ठले बताए ।

प्रयोग गरी फालिएको मास्कमा थुक, ¥याल र सिँगानको छिटा रहेको हुनसक्ने र यसबाट अन्य ब्यक्तिलाई संक्रमण हुनसक्ने चिकित्सकहरूको भनाइ छ ।कोभिड १९ रोकथाम तथा नियन्त्रणमा जिल्लाबासी नै जिम्मेवारी तथा सचेत रहनुपर्ने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अमर दवाडीले बताए ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले भने, ‘प्रशासनले आम नागरिकलाई सचेत रहन, मास्क अनिवार्य प्रयोग गरेर, हिँड्न आग्रह गर्दै आइरहेको छ तर पनि प्रशासनको बेवास्ता र कोरोना सङ्क्रमणकै बेवास्ता गरेका कारण जिल्लामा थप जोखिम बढिरहेको छ ।’

जतिसुकै सचेतनामुलक सूचना जारी गरेपनि कोरोना संक्रमणबाट बच्न विभिन्न तरिका अपनाउन अनुरोध गरेपनि नागरिकहरूले लार्पबाही गरिरहेका छन् ।

जिल्लामा बिहिबार बिहानसम्म ११४ महिला र ३६० पुरुष गरी ४७४ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो । यीमध्ये, ८६ महिला र २९६ पुरुष गरी ३८३ संक्रमित निको भइसकेका छन् भने २८ महिला र ६४ पुरुष गरी ९२ जना जिल्लाको विभिन्न आइसोलेसनमा उपचाररत् रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.