www.tandavnews.com
Fact ~ In search of truth

अपडेट : पोखरामा नौँ महिने बालक सहित थप २७ जनामा संक्रमण

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा नौँ महिने बालकसहित थप २७ संक्रमित थपिएका छन् ।

Batas

पोखराका विभिन्न वडाका गरि २७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । थपिएका संक्रमितमा वडा नम्बर ३३ का ९ महिने बालक पनि रहेका छन् । यस्तै म्याग्दी, स्याङ्जा र लमजुङका एक–एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।

यो सँगै प्रदेशमा फेरि ३० संक्रमित थपिएका छन् । हाल सम्म आज १सय ४५ संक्रमित थपिइसकेका छन् । यो सगैँ प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ५ सय १ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.