www.tandavnews.com
Fact ~ In search of truth

६५ औं प्रहरी दिवस :कास्की प्रहरी प्रमुख श्रेष्ठ सहित ८ प्रहरी सम्मानीत

अर्जुन गाहा(सुशान्त),

पोखरा /ताण्डव न्यूज ।

नेपाल प्रहरीको ६५ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा कास्की प्रहरी प्रमुख जिवन कुमार श्रेष्ठ सहित ८ प्रहरी कर्मचारी सम्मानीत भएका छन् ।

Batas

गण्डकी प्रदेश प्रहरी कार्यालयले पोखरामा आज (शुक्रबार) आयोजित सम्मान कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान दिएको भन्दै नगद पुरस्कार र सम्मानपत्र सहित प्रहरी जवान तथा अधिकृत सम्मानीत भएका हुन् ।

गण्डकी प्रदेशका ११ जिल्ला मध्ये सर्वाेत्कृष्ट जिल्लाको रुपमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख प्रहरी उपरिक्षक अरुण पौडेल सम्मानित भए । उनले १ वर्षे कार्यकालको कार्ययोजनालाई ३ महिनामै सम्पन्न गरेको भन्दै सम्मानीत भए । प्रदेश प्रहरीका प्रहरी वरिष्ठ उपरिक्षक किरण राणा सम्मानीत भए ।

त्यस्तै कास्की प्रहरी प्रमुख एस.पी. जिवन कुमार श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरिक्षक किरण जंग कुँवर, गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयमा कार्यरत ट्राफिक प्रहरी नायब उपरिक्षक टेक बहादुर कार्की, जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी नायब निरिक्षक टिकाराम पनेरु, गण्डकी प्रदेश सशत्र प्रहरी गणमा कार्यरत प्रहरी हवल्दार श्याम कान्त सिवास्त र सोही गणमै कार्यरत बुद्धराम विश्वकर्मा सम्मानीत भएका हुन् ।

त्यस्तै वीरवती प्राप्त प्रहरी कर्मचारीका धर्मपत्नीहरुलाई समेत मरणापरान्त सम्मान गरिएको थियो । उक्त सम्मानित व्यक्तित्वहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नगद तथा सम्मानपत्र प्रदान गरेका थिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.