www.tandavnews.com
Fact ~ In search of truth

२४ घण्टामा २१ संक्रमितले ज्यान गुमाए, ४ हजार ३९२ संक्रमित थपिए

पोखरा ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पतालमा उपचार गराईरहेका २१ जना कोरोना संक्रमितको ज्यान गएको छ ।

२१ जनाको ज्यान गएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सख्या सात सय १५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

Batas

यस्तै आज थप ४ हजार ३९२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।देशभरका प्रयोगशालामा १६ हजार ५३१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या एक लाख २६ हजार १३७ पुगेको छ । उनीहरुमध्ये ७१५ जनाको मृत्यु भएको छ भने ८८ हजार ४४ संक्रमणमुक्त भएका छन् ।

त्यस्तै गएको २४ घण्टामा तीन हजार पाँच सय २२ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ८८ हजार ४० पुगेको छ ।

अब नेपालमा ३७ हजार तीन सय ४२ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार आठ सय आठ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.