www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा थप २३ जनामा संक्रमण पुष्टि, चरकमा उपचाररत एक संक्रमितको मृत्यु

पोखरा
ताण्डव न्यूज ।

पोखरा महानगरपालिकामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार थपिएका संक्रमितहरु पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा र चितवन मेडिकल कलेजको फिभर क्लिनिकबाट पहिचान भएका हुन् ।

यस्तै पोखरा १७का ४७ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ । उनको चरक मेमोरियल अस्पतालमा हिजो शुक्रबार मृत्यु भएको हाे। बाइलेटरल निमोनियाका बिरामी रहेका उक्त ब्यक्तिमा २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यससँगै गण्डकी प्रदेशका कोरोना संक्रमित भइ मृत्यु हुनेको संख्या ४९ पुगेको निर्देशनालयले जनाएको छ ।

Batas

हेर्नुहोस् कहाँ कति थपिए ?

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.