www.tandavnews.com
Fact ~ In search of truth

छब्बिसेमा सशस्त्रको ‘बोर्डर आउट पोष्ट’

मङ्गलबारे ।

नेपाल–भारत सीमावर्ती क्षेत्र छब्बिसेमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ । इलामको सूर्योदय नगरपालिका–४ को सीमावर्ती मेचीबजार छब्बिसेमा शुक्रबार सशस्त्र प्रहरीको १७३ औँ बिओपी स्थापना गरिएको हो ।

सीमा सुरक्षासँगै सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्ने उद्देश्यले बिओपी स्थापना गरिएको जनाइएको छ । सशस्त्र प्रहरी बल नं १ बराह वाहिनीका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक वंशीराज दाहाल र इलामका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाईंले संयुक्त रुपमा बिओपीको उद्घाटन गर्नुभयो ।

Batas

सशस्त्र प्रहरी नायब महानिरीक्षक दाहालले स्थानीय समुदायले बिओपी स्थापना गर्न गरेको योगदान सराहनीय रहेको बताउँदै स्थानीय समुदायको मन जित्ने गरी काम गर्न आफू मातहतका प्रहरीलाई निर्देशनसमेत दिनुभयो । इलामका प्रजिअ सेडाईंले उक्त क्षेत्रमा बिओपीको स्थायी संरचना निर्माणका लागि सार्वजनिक जग्गा उपलब्ध गराउने प्रक्रिया अगाडि बढाएको जानकारी दिनुभयो ।

इलामको रोङ गाउँपालिकाको तिरिङदेखि सन्दकपुर गाउँपालिकाको सन्दकपुर डाँडासम्मको ५२ दशमलव ५ किलोमिटर क्षेत्रका विभिन्न स्थानमा सीमा विवाद छ । छब्बिसे, हिले पुलखोला, सन्दकपुर लगायतका क्षेत्रमा भारतीय पक्षले नेपाली भूमि अतिक्रमण गर्दै आएका छन् ।

रासस
–––

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.