www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा बिहानै थपिए ५२ जना संक्रमित

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा बिहानै ५२ संक्रमित थपिएका छन् । प्रदेश क्षयरोग उपचार केन्द्रमा र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

 

Batas

कोरोना पुष्टि हुनेमा नवलपुरका १९, तनहुँका १६, कास्कीका ८, स्याङ्जाका ५, गोरखाका ३ र लमजुङका १ जना रहेका छन् ।योसहित प्रदेशमा कोरोना संक्रमितको संख्या ५६ सय ८५ पुगेको छ । हालसम्म प्रदेशमा कोरोना संक्रमणबाट ५० जनाको मृत्यु भएको छ भने ३५ सय १० जना निको भएका छन् ।

अस्ति मात्रै पोखरा महानगरपालिका वडा नम्बर ३ निवासी ५६ वर्षीय महिलाको संक्रमणको कारण मृत्यु भएको थियो । पश्चिमाञ्चाल क्षेत्रीय अस्पतालको प्रि आइशोलेसनमा उपचाररत उनको कोरोना संक्रमणबाट मृत्यु भएको अस्पताल प्रशासनले पुष्टि गरेको थियो ।उनमा हिजो कोरोना संक्रमणको पुष्टि भएको थियो ।

यो सँगै कास्कीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । अन्य मृतक संक्रमित नवलपुर र तनहुँका ९–९, गोरखाका ७, स्याङ्जाका ५, लमजुङ र बागलुङका २ र म्याग्दीका १ जना रहेका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.