www.tandavnews.com
Fact ~ In search of truth

अपडेट : कास्कीका २२ सहित गण्डकीमा फेरि थपिए ४५ संक्रमित

पोखरा,
ताण्डव न्यूज ।

कास्कीका २२ सहित गण्डकी प्रदेशमा फेरि ४५ संक्रमित थपिएका छन ।

 

Batas

पोखराका संक्रमित हुनेमा वडा नम्बर ७ का ६, १७ का ४, ५, ८र ११ का २–२ जना, ३०,१५,९र १६ का १ –१ जना रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ। यस्तै कास्कीको अन्नपूर्णगाउँपालिकाका २ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यस्तै संक्रमित हुनेमा प्रदेशका अन्य जिल्ला बागलुङका ५ जना, गोरखाका ६, लमजुङका ३, तनहुँका ४ र नवलपरासीका ५ जनामा पनि संक्रमण देखिएको छ । यसअघि गण्डकी प्रदेशमा ५२ संक्रमित थपिएका थिए ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ३० पुगेको छ ।

 

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.