www.tandavnews.com
Fact ~ In search of truth

२४ घण्टामा थपिए २ हजार ९४२ संक्रमित ,२ हजार ३२६ जना डिस्चार्ज

पोखरा ।

नेपालमा आज आईतबार २ हजार ९४२ नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १४ हजार आठ सय ७५ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या एक लाख ३२ हजार दुई सय ४६ पुगेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । त्यस्तै गएको २४ घण्टामा दुई हजार तीन सय २६ जना निको भएर घर फर्किएको गौतमले बताए । आज घर फर्किएकासँगै डिस्चार्ज हुनेको संख्या ९२ हजार एक सय ६६ पुगेको छ ।

Batas

यस्तै गएको २४ घण्टामा १२ जनाको ज्यान गएको छ । हालसम्म देशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या सात सय ३९ पुगेको मन्त्रालयले जनाएको छ ।

अब नेपालमा ३९ हजार तीन सय ४१ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार आठ सय ३१ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.