www.tandavnews.com
Fact ~ In search of truth

बागलुङकी ४८ वर्षीय संक्रमित महिलाको मृत्यु,गण्डकीमा संक्रमणबाट ज्यान जानेको संख्या ५१

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा फेरि एक संक्रमितले ज्यान गुमाएका छन् ।

Batas

बागलुङ नगरपालिका –१३ का ४८ वर्षीया कोरोना संक्रमित महिलाको उपचारको क्रममा हिजो साँझ ७ बजे मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरे अनुसार उनको पर्वत जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

उनमा हिजो नै कोरोना संक्रमण पुष्टि भएको थियो । जिल्ला अस्पताल पर्वतका मेडिकल शुपरिटेन्डेन्टको अनुसार उनमा मधुमेहको समेत समस्या रहेको थियो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणको कारण ज्यान जानेको संख्या ५१ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.