www.tandavnews.com
Fact ~ In search of truth

‘टीभीएस दसैँको आशा’ योजना अन्तर्गत लक्की ड्र मार्फत झापाका गणेश गौतमले पाए टीभीएस अपाचे बाइक

काठमाडौं ।

‘टीभीएस दसैँको आशा’ योजना अन्तर्गत झापा विर्तामोड –५ का गणेशप्रसाद गौतमले टीभीएस अपाचे आरआर ३१० मोटरसाइकल प्राप्त गरेका छन् । टीभीएस अपाचे आरआर ३१० मोटरसाइकल टीभीएसको कुनै पनि मोटरसाइकल तथा स्कुटर खरिद नगरी उनले निःशुल्क प्राप्त गरेका हुन् ।

हरेक साता टेलिभिजन र टीभीएसको फेसबुकमा प्रत्यक्ष प्रशारणमार्फत गरिने लक्की ड्र मार्फत झापा विर्तामोड –५ का गणेशप्रसाद गौतमले टीभीएस अपाचे आरआर ३१० मोटरसाइकल प्राप्त गरेका हुन् । टीभीएसको बिर्तामोडका लागि आधिकारिक बिक्रेता पाथिभरा अटोलिंक बिर्तामोडमा आयोजित कार्यक्रममा गौतमलाई टीभीएस अपाचे आरआर ३१० मोटरसाइकलको चावी हस्तान्तरण गरिएको थियो ।

Batas

विर्तामोड उद्योग वाणिज्य संघका महासचिव तथा रोटरी क्लव अफ विर्तामोड मिडटाउनका प्रेसिडेन्ट प्रशान्त भण्डारी, पाथिभरा अटोलिंकका सञ्चालक याम कार्की , जगदम्बा मोटर्सका क्षेत्रीय प्रतिनिधि तीर्थ रिजाललगायतले गौतमलाई टीभीएस अपाचे आरआर ३१० मोटरसाइकलको चावी हस्तान्तरण गरेका थिए ।

विजेता गौतमले कार्यक्रममा टीभीएस अपाचे आरआर ३१० मोटरसाइकल लक्की ड्र भनेको आफूले जीवनमा कहिल्यै बिश्वास नै नगरेको भए पनि एक्कासी टीभीएस अपाचे आरआर ३१० मोटरसाइकल तपाईलाई पर्यो भनेर कम्पनीबाट फोन आउँदा आफू छक्क परेको बताए ।आफू मोटरसाइकल किन्ने सोचमा रहेपनि पैसाको अभावमा किन्न नसकिरहेको समयमा ‘टीभीस दसैंको आशा योजना’ अन्तर्गत लक्की ड्र मार्फत टीभीएस अपाचे आरआर ३१० मोटरसाइकल प्राप्त गरेकोमा जगदम्बा मोटर्सलाई धन्यवाद दिएका छन् ।‘

गौतमले झापाको विर्तामोड –५ स्थित कृषिथोक बजारमा विगत नौ वर्षदेखि तरकारीको होलसेल व्यापार गर्दै आएका छन् । उनले टीभीएसको https://tvsnepal.com/dashain/  मा गएर फारम मात्र भरेका थिए ।

हरेक हप्ता हुने लक्की ड्रमा भाग लिन चाहने जो कोहीले पनि https://tvsnepal.com/dashain/ मा गएर फारम भर्नु पर्नेछ । जसमा मोटरसाइकल नकिन्नेले पनि आफ्नो नाम रजिस्टर गर्न सक्ने छन् भने आरआर ३१० जित्ने अवसर पाउने छन् ।

 

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.